राप्ती । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले आयोजना गरेको नबौं खिचरा महोत्सव सकिएको छ । पूर्वी चितवनको खैरहनीमा संचालित महोत्सव बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरि समापन गरिएको हो ।
खैरहनी–५, गौचरनमा पुुस २८ गतेबाट सुरु भएर १२ दिन सम्म सञ्चालन भएको सो महोत्सव थारु संस्कृति संरक्षण र स्थानीय उत्पादनको बजारीकरणका लागि कोसेढुंगा सावित भएको आयोजकले दावी गरेको छ । बागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद जगन्नाथ थपलियाको प्रमुख अतिथि रहेको समापन कार्यक्रममा बोल्ने बक्ताहरुले खिचरा महोत्सवलाई चितवनबासीको साझा सम्पतीको रुपमा अगाडि बढाउनु पर्ने बताए ।
खिचरा महोत्सव रमाइलोको लागि मात्र नभएर थारु समुदायको परम्परागत संस्कृति संरक्षण गर्ने उपयुक्त माध्यम समेत भएको उनीहरुको भनाई छ । माघी पर्वको अबसर पारेर थारु समुदायको साँस्कृति, भेषभुषा, भाषा–साहित्य, कला–संस्कृति एवम् थारु खानाका परिकारको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको थियो । महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनसंग सम्बन्धित १५० बटा स्टल रहेका थिए । महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, बाल उद्यान, अटो परिसर रहेका थिए ।
महोत्सवको साँस्कृतिक कार्यक्रम तर्फ राष्ट्रिय स्तरका कलाकारसंगै थारु संस्कृतिसंग जोडिएका ठेकरा, क्रमटा, झुमरा, रसधारी, फररा, लाठी नाच प्रस्तुत गरिएको खिचरा महोत्सवका संस्थापक संयोजक नारायण चौधरीले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सासद थपलियाले खिचरा महोत्सवलाई चितवनबासीको साझा सम्पतीको रुपमा विकास गर्न आफुले प्रयास गर्ने बताए । त्यस्तै पूर्वी चितवनमा हुने अन्य महोत्सवसंग नजुधाई खिचरा महोत्सव सञ्चालन गर्न उनले आयोजकलाई सुझाब दिए ।
थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ का सभापति रामेश्वर चौधरीको अध्यक्षतामा भएको समापन कार्यक्रममा खैरहनी नगरपालिकाका मेयर शशीकुमार खनिया, थारु कल्याणकारिणी सभा चितवनका पूर्व अध्यक्ष टिकेन्द्र चौधरी, खैरहनी उद्योग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष कुमार खनाल, थाकसका पूर्व बरिष्ट उपाध्यक्ष भजुमनराम महतो लगायतले मन्तव्य राखेका थिए ।
थारु संस्कृति संरक्षण गर्दै खिचरा महोत्सव सम्पन्न

यो पनि पढौँ
ताजा खबर
सबै
राक्सिराङको बिद्यालय ब्यबस्थापन समितीको अध्यक्षमा गणेश सर्बसम्मतले चयन

आज चर्चित गायिका अन्जु पन्त राप्तीको प्रार्थना सभा कार्यक्रममा आउने

राप्ती क्रिश्चियन समाजको बार्षिक उत्सवमा अग्रज पास्टरलाई सम्मान

कालिखोला देउराली सामुदायिक वन इच्छाकामनाको अध्यक्षमा गुरुङ निर्बाचित

इच्छाकामना बिपद ब्यबस्थापन समितीको अध्यक्षमा सौरव चयन
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.25
153.85

European Euro
1
178.17
178.87

UK Pound Sterling
1
204.21
205.01

Swiss Franc
1
194.71
195.48

Australian Dollar
1
109.58
110.01

Canadian Dollar
1
111.46
111.89

Singapore Dollar
1
119.66
120.13

Japanese Yen
10
9.65
9.69

Chinese Yuan
1
22.50
22.59

Saudi Arabian Riyal
1
40.84
41.00

Qatari Riyal
1
42.06
42.23

Thai Baht
1
4.69
4.71

UAE Dirham
1
41.72
41.89

Malaysian Ringgit
1
38.79
38.94

South Korean Won
100
10.23
10.27

Swedish Kroner
1
16.22
16.28

Danish Kroner
1
23.84
23.93

Hong Kong Dollar
1
19.57
19.65

Kuwaity Dinar
1
500.24
502.20

Bahrain Dinar
1
406.34
407.93

Omani Rial
1
398.05
399.61









